८ वर्ष अघि एनआईसी एशिया बैंकको १०० कित्ता सेयर हुने ४०० कित्ताको मालिक

काठमाडौं । पछिल्लो समय आकक्रम रुपमा व्यवसाय विस्तार गरिरहेको वाणिज्य बैंकमध्ये एक हो, एनआईसी एशिया बैंक । चालु आर्थिक २०७८/७९ वर्षको प्रथम वित्तीय विवरण अनुसार एनआईसी एशिया सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । शाखा सञ्जाल र एटीएम बुथको आधारमा पनि बैंक शीर्ष स्थानमा छ ।

गत आर्थिक वर्ष एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा बोनस सेयर १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश रहेको छ ।

यदि कुनै लगानीकर्ता आर्थिक वर्ष २०७०/७१ मा एनआईसी एशिया बैंकको बुक क्लोज हुनभन्दा अघि १ सय कित्ता सेयर खरिदगरी आजको दिनसम्म बिक्री नगरि राखेका छन्, भने ती लगानीकर्ता लखपति बन्न सफल भएका छन् ।

नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय राम्रो प्रगति गरिरहेको बैंकमध्येको एनआईसी एशिया बैंकलाई हामीले तुलनात्मक अध्ययनका लागि लिएका छौं । यो तुलना बैंकको बिगत १० वर्षको बोनस सेयरको आधारमा गरिएको छ ।

यदि, कुनै सेयर लगानीकर्ताले ठ्याक्कै ८ वर्ष अघि एनआईसी एशिया बैंकको १ सय कित्ता सेयर खरिद गरेको थियो । आज त्यो २०७७÷७८ मा बढेर ४०० कित्ता सेयर पुगेको हो ।

सोमबार एनआईसी एशिया बैंकको सेयर प्रति कित्ता ७२२ रुपैयाँमा करोबार भइरहेको छ ।

एनआईसी एशिया बैंकको सेयरमा ८ वर्ष अघि १०० कित्ता सेयरमा लगानी गर्ने व्यक्ति आजको दिनमा २ लाख ८८ हजार रुपैयाँभन्दा धेरैको सम्पत्ती मालिक बन्न सफल भएका छन् ।

एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरका साथै नगद लाभांश पनि वितरण गर्दै आइरहेको छ । यो हिसाब बोनस सेयर मात्र जोडेर निकालिएको हो । बैंकले विगत ८ वर्षमा औसतमा १९ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

एनआईसी एशिया बैंकको ८ वर्षको लाभांश

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स