एनएमबि बैंक बन्यो सुपर कावेली खोला-ए र क्यासकेड जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको हो ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको सुपर कावेली खोला-ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जी प्रा. लि. द्वारा निर्माण भइरहेको हो । यो आयोजनाहरुमा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह(वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

१३.५ मेगावाट (सुपर कावेली खोला-ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमश २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रहेको छ । जसमध्ये एनएमबि बैंकको लगानी १ अर्ब ८९ करोड र राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को लगानी १ अर्ब ६७ करोड रुपैयाँ हुने बैंकले जनाएको छ ।

यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स