नुवाकोटको मदानपुरमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । सिटिजन्स बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका मदानपुरमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुब्बा लाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ८०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स