१० वर्ष अघि नबिल बैंकको एक हजार कित्ता किन्ने करोडपती

काठमाडौं । सेयर बजारमा लगानीकर्तालाई राम्रो प्रतिफल दिने वाणिज्य बैंकहरुमध्येमा नबिल बैंकको नाम अग्रपक्तीमा आउँछ । नबिल बैंकले आफ्नो सेयरधनीहरुलाई विगत १० वर्षमा ३४ प्रतिशतभन्दा धेरै लाभांश वितरण गरिरहेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेतगरी ४.४ प्रतिशत नगद लाभांश रहेको छ ।

यदि कुनै लगानीकर्ता आर्थिक वर्ष २०६८/६९ मा नबिल बैंकको बुक क्लोज हुनभन्दा अघि एक हजार कित्ता सेयर खरिदगरी आजको दिनसम्म बिक्री नगरि राखेका छन्, भने ती लगानीकर्ता करोडपती बन्न सफल भएका छन् ।

नेपालको बैंकिङ क्षेत्रको राम्रोमध्येको नबिल बैंकलाई हामीले तुलनात्मक अध्ययनका लागि लिएका छौं । तुलना बिगत १० वर्षको बोनस सेयरको आधारमा गरिएको छ ।

यदि, कुनै सेयर लगानीकर्ताले ठ्याक्कै १० वर्ष अघि नबिल बैंकको १ हजार कित्ता सेयर खरिद गरेको थियो । आज त्यो २०७७÷७८ मा बढेर ८ हजार ८४० कित्ता पुगेको छ ।

नबिल बैंकको सेयरमा १० अघि १ हजार कित्ता लगानी गर्ने व्यक्ति आजको दिनमा १ करोड २६ लाख ४१ हजार रुपैयाँभन्दा धेरैको सम्पत्ती मालिक बन्न सफल भएका छन् ।

नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरका साथै नगद लाभांश पनि वितरण गर्दै आइरहेको छ । यो हिसाब बोनस सेयर मात्र जोडेर निकालिएको हो ।

यस्तो छ नबिल बैंकको १० वर्षको लाभांश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स