त्रिविका विद्यार्थीका लागि ‘नबिल एसएसइ फेलोशिप प्रोग्राम २०२२’

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलता विकासका लागि ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप फेलोशिप प्रोग्राम २०२२’ शुरु गरेको छ । उक्त फेलोसिपको माध्यमबाट बैंकले जिविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला तथा सामुदायिक हित, ऊर्जा लगायत क्षेत्रमा सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्ने रहेको छ ।

यस मार्फत बैंकले स्थानिय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सिप र वित्तीय सहयोग प्रदान गर्नेछ ।

यस अन्तर्गत कम्पनीले पहिलो चरणमा सातै प्रदेशको एकएक वटा विद्यालयसँग सम्झौता गरेको छ । यस कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न सहयोग गर्नेछ ।

फेलोशिप कार्यक्रम आवसीय तालिममा आधारित हुनेछ जसको लागि बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।

उक्त कार्यक्रमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु मात्र सहभागी हुन पाउनेछन् ।

यसका लागि उक्त कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आफ्नो त्रिवि दर्ता नं. वा त्रिविको कुनै पनि संकायमा सम्वद्धता भएको प्रमाणित हुने कागजपत्र पेश गरी आवेदन दिनुपर्नेछ । उक्त कार्यक्रममा सहभागी हुन चहानेको उमेर १८ देखि ५० वर्ष भित्रको हुनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स