निक्षेप तथा कर्जा सुरक्षण कोषको बजेट पास, ४ अर्ब ३२ करोड कमाएर ८१ करोड खर्च गर्ने लक्ष्य

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्षमा ३ अर्ब ५१ करोड नाफा गर्ने लक्ष्य राखेको छ । गएको आर्थिक वर्षमा ३ अर्ब नाफा कमाएको कोषले यस आवमा भने आफ्नो खुद नाफालाई बढाएर ३ अर्ब ५१ करोड पुर्याउने लक्ष्य लिएको कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले जानकारी दिए । ‘उनले भने हामीले करपछिको मुनाफा नाफा नै २ अर्ब ९ करोड रहेको छ ।’

कोषले यस आर्थिक वर्षमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम सञ्चालन गरेर कोषले चालु आर्थिक वर्षमा ४ अर्ब ३२ करोड ९२ लाख आम्दानी गरी ८१ करोड ५१ लाख खर्च गर्ने तय गरेको छ । चालु आवमा कोषले ६० करोड दावी भुक्तानी गर्ने लक्ष्य पनि तय गरेको छ ।

निक्षेप सुरक्षण खाता ३ करोड नाघ्यो

१० अर्ब चुक्ता पुँजी रहेको कोषको गत आवमा ८ खर्ब ११ अर्ब निक्षेप सुरक्षण गरेको छ । ६६ वटा बैंक तथा वित्तीय संस्थामा रहेका ३ करोड १ लाख निक्षेप खाताबाट सो निक्षेप रकम सुरक्षण गरेको हो । समीक्षा अवधिमा कोषले लक्ष्यभन्दा करिब १६ प्रतिशतले बढी प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ६० लाख खाताको ६ खर्ब ८९ अर्ब निक्षेप सुरक्षण गरेको छ ।

यसरी निक्षेष सुरक्षण गर्नेमा सबैभन्दा बढी ‘क’ वर्गका बैंक रहेका छन् । ‘क’ वर्गका बैंकहरूले २ करोड ५९ लाख ८८ हजार निक्षेपकर्ताबाट ७ खर्ब ४ अर्ब निक्षेप सुरक्षण गरेका छन् । कोषको कुल निक्षेपम सुरक्षणमा ८३ प्रतिशत योगदान रहेको छ ।

निक्षेप सुरक्षणमा ‘ख’ वर्गका विकास बैंकको योगदान १५ रहेको छ भने ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ वर्गका लघुवित्त कम्पनीहरूको योगदान अत्यन्तै न्यून छ ।

विकास बैंकले ३४ लाख ४८ हजार निक्षेप खाताबाट ८९ अर्ब २८ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । निक्षेप सुरक्षणबाट कोषले गएको आवमा १ अर्ब २२ करोड ८८ लाख रुपैयाँ प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षमा कोषले १ अबृ ५ करोड ८० लाख यस्तो सुरक्षण गरे वापत प्राप्त गरेको थियो ।

हाल कोषले प्रतिव्यक्ति ३ लाखसम्मको निक्षेपको सुरक्षण गर्दै आएको छ । केही वर्ष अघि राष्ट्र बैंकले ५ लाखसम्मको निक्षेप सुरक्षण गर्ने भनेपनि यो व्यवस्थाले कानुनी रुप नपाउँदा यो कार्यान्वयन भने हुन सकेको छैन । यस वर्षको मौद्रिक नीति अहिलेसम्म आएको छैन । सम्भवतः मौद्रिक नीतिले सुरक्षण निक्षेपलाई समेत बढ्वा दिने भएको छ ।

बढ्दै कर्जा सुरक्षण

त्यसरी नै कोषले गत आवमा १ खर्ब २८ अर्बको कर्जा सुरक्षण गरेको छ । कोषले गएको आवसम्म १ खर्ब १७ अर्ब ८६ करोड लघु तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको छ । कोषले साना तथा मझौला उद्यममा प्रवाह भएको ३ अर्ब ५२ करोड कर्जा सुरक्षण गरेको छ भने कृषि कर्जा सुरक्षणबाट ३ अर्ब ८६ करोड कर्जा सुरक्षण भएको सीईओ मिश्रले जानकारी दिए ।

कोषमा २३ अर्ब सहुलियत कर्जा सुरक्षण भएको छ भने पशुधनबाट ३८ करोड ७६ लाख कर्जा सुरक्षण भएको छ । शैक्षिक कर्जा भने शैक्षिक १५ लाख ६४ हजारमात्रै कर्जा सुरक्षण भएको कोषको तथ्यांक छ ।

कोषले गरेको यो कार्यबाट निक्षेपकर्ताको हित संरक्षण हुनाका साथै वित्तीय प्रणालीको स्थायित्वमा सहयोग पुगेको सीईओ मिश्रले बताए । ‘विपन्न, सिमान्तकृत, साना तथा मझौला क्षेत्रका ऋणीलाई संस्थागत कर्जाको पहुँच पुगेको छ,’ उनले भने ‘ सुरक्षण सस्कृतिको विकास गरेको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स