विद्युतीय भुक्तानी घट्यो

काठमाडौं । पछिल्लो केही समयदेखि बढ्दो क्रममा रहेको विद्युतीय भुक्तानी कात्तिक महिनामा भने घट्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कात्तिकमा डिजिटल भुक्तानी मार्फत हुने कारोबार रकमसागै कारोबार संख्यामा ठूलो अन्तर देखिएको छ । गत असोजमा डिजिटल भुक्तानी मार्फत हुने कारोबार रकम र कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको थियो ।

राष्ट्र बैंकको विवरणअनुसार क्युआरकोड मार्फत हुने भुक्तानी, मोबाइल बैंकिङ, वालेट, आईपीएस, कनेट आइपीएस, इन्टरनेट बैंकिङ, एटीएम, ईकमर्श, विभिन्न कार्डबाट हुने कारोबार रकम र कारोबार संख्या घटेको हो ।

एक महिनाको अवधिमा वालेटबाट हुने भुक्तानी १ अर्ब २३ करोड रुपैयाँले घटेको छ । असोजमा वालेटबाट १५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको थियो । कात्तिक महिनामा भने १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

आईपीएस मार्फत गत असोज महिनामा २ खर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा कात्तिक महिनामा जम्मा १ खर्ब ३७ अर्ब ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै, गत असोज महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा कात्तिक महिनामा २ खर्ब ३ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार क्यूआर कोर्ड मार्फत गत असोजमा ६ अर्ब ९ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा कात्तिक महिनामा ५ अर्ब ३६ करोडरुपैयाँ बराबरको कारोबार भएको छ ।

गत असोज महिनामा मोबाइल बैंकिङ मार्फत ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकोमा कात्तिक महिनामा ७८ अर्ब १५ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

असोजमा हिन्दू धर्मावलम्बीको चाड दशैं परेकाले उपभोक्ताले अनलाइन भुक्तानीको प्रयोग गर्दा कात्तिकको तुलनामा विद्युतीय करोबार बढेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स