सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त, कहिले सम्हाल्छन् कार्यभार ?

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।
हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई माघ १२ गतेदेखि आगामी ४ वर्षको लागि सीईओको जिम्मेवारी सुम्पिने निर्णय सञ्चालक समितिको बैठकले गरेकले गरेको हो ।

बैंकमा २ कार्यकाल व्यतित गरी दाहालको कार्यकाल माघ ११ गते सकिँदैछ । सोही मितिबाट आफू बैंकबाट बाहिरिने जानकारी उनले गराएका हुन् ।

त्यसपछि दाहालले केही समय आराम गरेर बुद्धत्व सम्बन्धी ज्ञान हासिल गर्ने जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स