१४ प्रतिशत लाभांश पारित गर्दै नेपाल बैंकको ६२ औं साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंकको वार्षिक साधारणसभाले प्रस्तावित १७ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको ६२ औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

साधरणसभाले बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा सम्बोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारणसभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मत रुपमा पारित भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स