पुसमा बैंकहरुको अधिकतम ब्याजदर १०.०५ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको सूचनाअनुसार अधिकांश बैंकहरुको ब्याजदर परिवर्तन भएको छ । अधिकांश बैंकहरुले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर १०.०५ प्रतिशत कायम गरेका छन् । मंसिरको तुलनामा राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंकको ब्याजदर पुसमा केही बढेको छ । उनीहरुको अधिकतम ब्याजदर १०.०५ प्रतिशत छ ।

सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ९.५ प्रतिशत ब्याज दिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स