एमसीसी नेपालका लागि आवश्यक छः शेखर गोल्छा

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एनसीसी) नेपालको लागि आवश्यक भएको बताएका छन् ।

बुधबार महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनलाई सम्बोधन गर्दै गोल्छाले नेपालमा अब नवउत्थान गर्ने समय आएको बताए । ‘अहिले नेपालमा ठूलो स्तरको वैदेशिक लगानी आवश्यक छ,’ उनले भने ‘निजी क्षेत्र एमसीसी पनि ल्याउन चाहन्छ ।’

नेपालमा पछिल्लो समय वैदेशिक लगानी, अनुदान वा ऋण आउन सोचेजस्तो आउन नसकेको भन्दै सरकारले यसको लागि पहल गर्नुपर्ने उनले औल्याए । सो अवसरका अध्यक्ष गोल्छाले मुलुकमा वैदेशिक लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले महासंघमा वैदेशिक लगानी सहयोग डेस्क राख्न लागेको जानकारी गराए ।

मुलुकमा लगानी योग्य पुँजीको अभाव भइरहेको बेला नेपाल नेपालको आर्थिक क्षेत्रको नव उत्थान गर्ने समय भएको र यसको लागि ठूलोमात्रामा लागनी आवश्यक भएको उनले बताएका हुन् । नयाँ उद्योग स्थापना गर्न पुँजीसँगै जमिनको अभाव रहेको, कानुनहरु बन्न नसक्दा समस्या परिरहेको समेत जानकारी गराए ।

नेपाल राष्ट्र बैंक वरिष्ठ डेपुटी गर्भनर निलम ढुंगानाले पुँजी बजारमा नेपाल राष्ट्रय बैंकको कुनै पनि संलग्नता नहुने बताइन ।

‘नेपाल राष्ट्र बैंकले क्यापिटल मार्केटमा कहिले पनि हिट गर्दैन,’ ढुंगानाले भनिन्, ‘नेपाल राष्ट्र बैंकको काम बैंक तथा वित्तीय संस्थाले कुन क्षेत्रमा ऋण दिइरहेका छन् भनेर हेर्नेमात्र हो । क्यापिटल मार्केट हेर्न सेबोन छ ।’

सेबोनले नै क्यापिटल मार्केट हेर्ने र नेपाल राष्ट्र बैकले क्यापिटल मार्केटलाई कहिले पनि रेगुलेट नगर्ने जानकारी गराइन् ।
सम्मेलनमा महासंघका वस्तुगत समूहतर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले कोभिडबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्न झन कठिनाई उत्पन्न भएको बताए । स्वदेशी उद्योगहरूको न्यून उत्पादन तथा अत्यधिक आयातको कारण व्यापार घाटा बढ्दो छ ।

‘संस्थागत निक्षेपलाई ब्याज आम्दानीका प्रयोजनको लागि मात्र राख्दा समग्र ब्याजदरमा प्रभाव पर्दै गएको छ,’ उनले भने ‘यसले नेपाली उद्योगी व्यवसायीहरूको लागत बढ्न गई उत्पादन क्षमतामा ह्रास आईरहेको छ ।’
सरकारले लक्ष्यतय गरेर राजस्व उठाएपनि सोही अनुसार खर्च गर्न नसक्दा तरलता अभाव देखिएको भन्दै समय घड्किएपछि गरेको खर्चको सही मानेमा अर्थ नराख्ने बताए ।

‘बैंकले लगानी गर्ने समयमा सरकारले ढुकुटी भर्नेमात्रै काम हुँदा छोटो समयमै तीब्ररूपमा ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएको छ,’ उनले भने । व्यवसायमा लगानीयोग्य रकमको अभाव भएका कारण निजी क्षेत्रको लगानी पनि निरूत्साहित भएको उनले बताए ।

कार्यक्रममा नेपाल बैंकर्श एसोसिएशनका अध्यक्ष अनिल उपाध्यक्षले अहिले तरलताको अभावमा नेपाल राष्ट्र बैंक सम्पूर्ण बैंकहरूलाई बचाउन गरी काम गरिरहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स