एनसीसी बैंकले रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनायो, कर्मचारीलाई इमान्दार भएर काम गर्न सीईओको आग्रह

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थापनाको २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएकोे छ । बैंकले विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थामा आएको स्मरण गर्दै रजत जयन्ती मनाएको हो ।

बैंकको रजत जयन्तीको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिति थप बलियो बनाउादै लैजाने गरी काम भईरहेको बताए ।

सीईओ अर्यालले बैंकका कर्मचारीहरूलाई इमान्दारिताका साथ काम गर्न आग्रह गरे । ‘मैले पनि बैंकमा तल्लो तहबाट काम गरेर सीईओ बन्न सफल भएको हुँ,’ उनले भने ‘ इमान्दार भएर काम गरे अवश्य सफल भइन्छ ।’

बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए ।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए । २८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो ।

मंसिर २८ गते, मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम राखिएको हो । २०२८ साल असोज २८ गते भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्षमा पार गरेको छ ।

बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोललाई सम्मान गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स