बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

त्यस्तै, सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

बैंकले ९१ वटा शाखा कार्यालय, ८४ वटा एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स