‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ का लागि आवेदन माग, पुस ९ गतेसम्म फर्म भरिसक्नु पर्ने(सूचना सहित)

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ सुरु गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालीन समाधान गर्ने उद्देश्यले नबिलले सुरु गरेकोे उक्त कार्यक्रममा तालिम लिन चाहने १८ वर्षदेखि ५० वर्ष ननाघेका उद्यम गर्न चाहने इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् ।

बैंकले एक सूचना आव्हान गर्दै सामाजिक उद्यम गर्न चाहने व्यक्तिहरूको आवेदन माग गरेको हो । तालिमले उद्यम शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । नबिल एसएसई फेलोसिप प्रोग्राम २०२२ मा सहभागी हुने चाहनेहरूले पुस ९ गतेसम्म नबिल बैंकको वेवसाइटमा रहेको फर्म भरिसक्नु पर्नेछ ।

बैंकले १ वर्षसम्म आवश्यक सहयोग सहित ६ महिने सिकाइमा आधारित यो तालिममा ४० सहभागीलाई संलग्न गराउने छ । बैंकले उक्त तालिम लिन चाहने आवेदकलाई स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सिप र वित्तिय सहयोग प्रदान गर्नेछ ।

नबिल बैंक फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कूल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले गरेको छ । यसै गरी यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् ।

छनोटमा परेका व्यक्तिहरूलाई बैंकले उद्यमशीलताको तालिम दिनेछ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यो कार्यक्रममा सहभागि हुन सक्ने नबिल बैंकले जनाएको छ ।

नबिलले सातै प्रदेशलाई समेट्न गरी प्रदेशको एकएक वटा विश्वविद्यालयसँग सम्झौता गरेको छ । प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्न सहयोग गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स