तरलता अभाव चर्कदो, बैंकहरूले सोमबारमात्रै सापटी लिए साढे ४३ अर्ब

काठमाडौं । वित्तीय बजारमा तरलता अभाव चर्किएको छ । सो अभावलाई परिपूर्ति गर्न बैंकहरूले एकै दिन सोमबार मात्रै ४३ अर्ब ४५ करोड रुपैयाँ सापटी चलाएका छन् ।

बैंकहरूले अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा नभएपछि सो सुविधा उपयोग गरेका हुन् ।

सोमबार १७ वटा बैंक तथा वित्तीय संस्थाहरूले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष सोमबारसम्म २३ खर्ब ३३ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स