मंसिरमा बैंकहरूको निक्षेप ६ अर्बले घट्दा कर्जा ३६ अर्बले बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरूमा मंसिरको २७ दिनमा निक्षेप ६ अर्ब रुपैयाँले घट्दा कर्जा ३६ अर्बले बढेको छ । बैंकहरूमा निक्षेप घटेपनि निक्षेपको तुलनामा कर्जा प्रवाह भने ६ गुणाले बढेको छ ।

वाणिज्य बैंकहरूले मंसिर महिनासम्म कुल ४२ खर्ब २१ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । वाणिज्य बैंकहरूले साउनयता ४१ अर्ब रुपैयाँ कर्जा संकलन गरेका छन् ।

त्यसरी नै बैंकहरूले चालु आर्थिक वर्षको यो अवधिसम्म ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । बैंकहरूले निक्षेप संकलनको तुलनामा बढी कर्जा प्रवाह गर्दा अहिले वित्तीय बजारमा तरलता अभाव देखिएको छ । सो कारण बैंकहरू कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

अहिले सबै बैंकको कर्जा–निक्षेप अनुपात (सीडी) रेसिया ९० प्रतिशतभन्दा माथि छ । सो कारणले बैंकहरू तरलताको चापमा परेका हुन् ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार अहिले बजारमा तरलताको चाप भएको बताए । सो कारण राष्ट्र बैंकले ५६ अर्ब रुपैयाँ बैंकहरूलाई दिने गरेको छ । ‘बैंकहरूले विभिन्न चरणमा बैंकलाई पैसा पठाउने गरेको छ,’उनले भने ‘हामी विभिन्न चरणमा बैंकहरूको आवश्यकता हेरेर पैसा पठाउँछौं ।’

२७ वाणिज्य बैंकले गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर २७ गते आइपुग्दा १२ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कात्तिक मसान्तमा बैंकहरूले ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन मंसिर २७ गतेसम्म आइपुग्दा ४२ अर्ब रुपैयाँले थप भएर ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स