ज्योति विकास बैंकले गर्यो लाभांश पारित, बोनस र नगद कति ?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई
१५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने कर सहित ४.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ । ११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स