काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २६.३१ प्रतिशत लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हाल लघुवित्तको चुक्ता पँुजी १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार १७८ रुपैयाँ ७५ पैसा पुग्नेछ ।
अस्ति मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।