२५ औं वार्षिकोत्सवका अवसरमा ल्यायो, एनसीसी बैंकले चारवटा आकर्षक निक्षेप खाता संचालनमा

काठमाडौं। एनसीसी बैंकले २५ औं वार्षिकोत्सवका अवसरमा चारवटा आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ।

बैंकले एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट मुद्दती खाता खाता, एनसीसी सिल्भर रेमिट सेभिङ खाता र एनसीसी सिल्भर सेभिङ खाता संचालनमा ल्याएको जनाएको छ।

उक्त अवसरमा बैंकले केन्द्रिय कार्यालय सहित ७ वटै प्रदेशमा संचालित शाखाहरु मध्ये ९ वटा शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त रक्तदान कार्यक्रमको अवसरमा ५७१ पोइन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ। रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हालसम्म १६८ पटक रक्तदान गरेका बागबजारका प्रेम सागर कर्मचार्यलाई सम्मान गरेका छन्।

एनसीसी बैंकले देशभ १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम बुथहरु सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स