सिभिल बैंकले ल्यायो औसतभन्दा बढी ब्याज दिने गरी ३ अर्ब रुपैयाँको ऋणपत्र

काठमाडौं । सिभिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको छ । बैंकले आज मंसिर २४ गतेदेखि उक्त ऋणपत्र सर्वसाधारणको लागि खुला गरेको हो ।

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गते देखि ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको छ ।

बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको ब्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिवेन्चरहरुको औसत ब्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याजदर भन्दा पनि उच्च रहेको छ ।

यसका साथै अन्य धेरै डिवेन्चरहरु भन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै ब्याज भुक्तानी गर्नेछ । जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ । बजारको चलनचल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ ।

प्रति डिवेन्चर १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिवेन्चरले हुन आउने ३ अर्ब बरावरको कुल डिवेन्चर आजबाट खुला गरिएको बैंकले जनाएको छ । सो ऋणपत्रमध्ये १२ लाख कित्ता डिवेन्चर अर्थात १ अर्ब २० करोड ऋणपुँजी रकम सर्वसाधारण नेपालीको लागि हो भने १८ लाख कित्ता डिवेन्चरले हुन आउने १ अर्ब ८० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवर बाट बिक्री गर्ने योजना बैंकले बनाएको छ ।

सर्वसाधारणहरुले कम्तिमा २५ कित्ता देखि अधिकतम १२ लाख कित्ता सम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भई किनबेच समेत गर्न सकिनेछ । सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सकिने छ । ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पौष ९ गते बन्द हुनेछ ।

सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिवेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स