आजदेखि नबिल पूर्ण डिजिटल बैंक, केवाइसी प्रमाणीकरण अनलानइबाटै

काठमाडौं । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक’ पोर्टल सार्वजनक गरेको छ । नबिल डिजिबैंकको शुरुवातसँगै नबिल बैंक पूर्ण रुपमा डिजिटल बैंक बन्न सफल भएको छ । ‘नबिल डिजिबैंक’ पार्टलमार्फत् बैंकका ग्राहकहरूले एकल विन्डो मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन÷सेवालाई स्वचालित बनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल डिजिबैंकको सुरुवात गर्नु भएको छ । कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा सावित हुने काम गरेर देखाएको छ । बैंकको विभिन्न उपलब्धीमध्ये नबिल डिजिबैंक पनि एक हो । बृहत्त डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले आज नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्न वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध छ ।

यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप्दै जाने योजना बनाएको छ ।

सोही अवसरमा शाहले थप दुई नयाँ अनलाइन सेवाहरु भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड पनि सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि दुई विकल्प उपलब्ध भएको छ । केवाइसी प्रमाणीकरणका लागि बैंकको ब्रान्च अफिस पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने ।

यदि आवेदकले भीकेवाइसी छनोट गर्छन भने ग्राहकलाई क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गर्नुपर्ने हुन्छ ।

त्यसैगरी नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैक एप भित्र इमबेड गरिएको सेवा अनुरोध हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै ब्यालेन्स टप-अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप पत्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ ।

भर्चुअल आईकार्ड ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ (भारु बाहेक) ।

सीईओ शाहले भने , ‘यो नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्रै हो । अघि बढ्दै गर्दा हामीले नबिल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने छैनौं । बैंकको सेवाका साथै बिल भुक्तानी, यात्रा, खाना किनमेललगायत सुविधा पनि प्रदान गर्न छौं । यसका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्ने बैंकको योजना छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स