एक बैंक, एक इन्स्योरेन्स र दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज मङ्सिर २३ गते बिहिबार ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन । आज बुकक्लोज हुने कम्पनीहरूमा एउटा बैंक, एउटा इन्स्योरेनस कम्पनी र दुई वटा लघुवित्त रहेका छन् ।

साधारणसभा प्रयोजनको लागि मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेका लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको आज बुकक्लोज हुँदैछ भने मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेका नेरुदे लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन पनि आजै मङ्सिर २३ गते अन्तिम दिन परेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले पुस ११ गते साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश गर्ने तयारी कम्पनीले गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो लाभांशमध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पुष ८ गते आफ्नो २१ औं बार्षिक साधारणसभा गर्न लागेको छ । मङ्सिर २३ सम्म कायम सेयरधनिहरुले मात्रै बैंकको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

बैंकको साधारणसभाको एजेन्डामा प्रस्तावित लाभांश स्वीकृति गर्ने लगायतका विषयहरु रहेका छन् । बैकले आर्थिक वर्ष २०७७/०७८ बाट आफ्ना सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ । हाल बैंकको चुक्तापुँजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ ।

समता लघुवित्तको यस्तो छ एजेण्डा

समता घरेलु लघुवित्तले पुस ७ गते आफ्नो ८ औं बार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ । मङ्सिर २३ गतेसम्म कायम सेयरधनिहरुले समताले गत आर्थिक वर्षको घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन् ।

समताले आर्थिक वर्ष २०७७/०७८ बाट आफ्नो सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कात्तिक १५ गतेको समताको संचालक समितिको ११८ औं बैठकले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । समताको चुक्तापुँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण पश्चात समताको चुक्तापुँजी ३४ करोड नाघ्नेछ ।

घरेलु लघुवित्तसँगको मर्जर पश्चात समताले यहि वैशाखबाट एकीकृत कारोबार थालेको हो । त्यसैले लाभांशको लागि सेयरधनीहरुले कुनै लाभांश कर तिर्नुपर्ने छैन । त्यस्तै एजिएमको अर्को एजेन्डामा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत रहेको छ ।

हाल समतामा रहेको संस्थागत ७० र सर्वसाधारणको ३० प्रतिशतको सेयर संरचना परिवर्तन गर्ने कम्पनीको लक्ष्य छ । त्यस्तै साधारणसभाको अर्को महत्वपूर्ण एजेन्डा बनेको संस्थागतबाट ४ जना र सर्वसाधारणबाट २ जना संचालक नियुक्त गर्ने कार्यक्रम रहेको छ ।

नेरुदे लघुवित्त

नेरुदे लघुवित्तले पुस १० गते साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । सो प्रयोजनका लागि मङ्सिर २३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीको साधारणसभामा सभामा लाभांश सहितका प्रस्ताव पेश हुने छन् । नेरुदेले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २१.४८ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

ण्ण्ण्ण्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स