पुस ६ गते साधारणसभा गर्न प्राइम कमर्शियल बैंकले गर्यो सेयर मूल्य समायोजन, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले पुष ६ गते मंगलबार १४ औं वार्षिक साधारणसभा गर्दैछ । बैंकले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । मङ्सिर २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनापछि बैंकको सेयर मूल्य प्रति कित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयर मूल्य प्रति कित्ता ४४३ थियो ।

बैंकले चुक्तापँुजीको १६ प्रतिशतले हुन आउने २ अर्ब ५७ करोड रुपैयाँ बोनस सेयरको र चुक्तापुँजीको ०.६३१३ प्रतिशतले हुन आउने १० करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाने छ । बैंकले साविकको कैलाश विकास बैंकलाई प्राप्ति गरेकाले २०७६ फागुन २९ सम्म कायम सेयरधनीहरुलाई लाभांशमा कर छुट हुनेछ ।
साथै साधारणसभामा सर्वसाधारण समूहका सेयरधनीको प्रतिनिधित्व गर्ने एक सञ्चालक पनि नियुक्त गर्ने भएको छ । बैंक तथा अन्य कुनै वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), एक्विजिशन गर्ने लगायतका सम्पूर्ण काम सञ्चालक समितिलाई दिने निर्णय पनि गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स