शिवाकोटीको ‘बैंक खाता’ भन्ने म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको ‘बैंक खाता’ भन्ने गिती म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवाकोटीको उक्त म्युजिक भिडियोले वित्तीय साक्षरता सम्बन्धी सन्देश दिएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने शव्दले सबै नेपालीलाई बैंक खाता खोल्न प्रेणित गरेको छ भने बैंक खाता खोल्दा हुने फाइदा र बैंक खाता खोल्ने प्रक्रियाका वारेमा समेत गीतमा सुन्न्न र देख्न पाइन्छ ।

उक्त म्युजिक भिडियोमा कलाकारदेखि बैंकका सीईओहरूले समेत अभियन गरेका छन् । ‘बैंकमा नागरिकको आफ्नै बैंक खाता हुनु र आर्थिक कारोवार गर्न सक्षम हुनु सम्मृद्विको सुचक हो, उनले भने ‘सबै नेपालीको घर घरमा बैक खाताको यो अभियानलाई विस्तार गरी मुलुकको सम्मृद्विमा सहभागी बन्न गीतले सन्देश दिएको छ । उक्त म्युजिक भिडियो ५ मिनेट ३६ सेकेन्डको रहेको छ ।

यस अघि शिवाकोटीको ‘हिमालबाट हिउँ पग्लि’ भन्ने गिती म्युजिक भिडियो रिलिज भएको थियो । ८ मिनेट लामो उक्त म्युजिक भिडियो शिवाकोटीको ५ औं म्युजिक भिडियो हो ।

शिवाकोटीको ५ औं म्युजिक भिडियोमा ‘हिमालबाट हिउँ पग्लि तराई मधेश अर्झुपर्छ, तराईको अन्नपात पहाड हिमाल चड्नु पर्छ’ भन्ने गीतको बोल रहेको छ ।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका शिवाकोटीको यस अघि ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने म्युजिक भिडियो रिलिज भएको थियो । यसअघि ‘जुनी जुनी’, जिउँदै छु र आएन खबर म्युजिक भिडियो रिलिज भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स