काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले उल्लेख्य रुपमा नाफा वृद्धि गरेको छ । लघुवित्तले गत आर्थिक वर्षमा १९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.९७ प्रतिशत बढी हो ।
अघिल्लो आवमा लघुवित्तले ७ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्था (प्रोभिजन) मा कम रकम छुट्याएका कारण खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६८.८९ प्रतिशत बढेको छ । अन्य सञ्चालन आम्दानी ०.५९ प्रतिशत घटेको छ । लघुवित्तको सञ्चालन मुनाफा १२३९.१२ प्रतिशत अर्थात ७ करोड ५५ लाखबाट बढेर १९ करोड ८७ लाख पुगेकोे छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १९ प्रतिशत र जगेडा कोष ३३.४४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सापटी २१.४५ प्रतिशत, निक्षेप १३.९५ प्रतिशत र कर्जा लगानी ३९.१० प्रतिशत बढेको छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । सो अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १६ पैसा बढेर ३६ रुपैयाँ ८३ पैसा पुगेको छ। लघुवित्तको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.८० गुणा रहेको छ ।