अवकाश कोषको १ अर्ब २५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले अवकाश कोष रहेको १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

उक्त रकम २०७८ पुस १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्म ३६५ दिन मुद्दती निक्षेपमा राष्ट्र बैंकले लगानी गर्न लागेको हो । अवकाश कोषमा रहेको रकम ब्याजमा लिनका लागि बैंक तथा वित्त संस्थाहरुले मंसिर २३ गते ४ बजेभित्रमा ब्याजदर प्रस्ताव गर्न आह्वान गरिउको छ ।

उक्त रकममध्ये वाणिज्य बैंकमा १ अर्ब, विकास बैंकमा १८ करोड ७५ लाख र फाइनान्समा ६ करोड २५ लाख रुपैयाँ राष्ट्र बैंकले लगानी गर्न लागेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/lagani-notice-2078.09.01.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स