सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा बढेर ६ करोड १९ लाख पुग्यो

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ६ करोड १९ लाख नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा ३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको भन्दा दोब्बर नाफा कमाए पनि खुद ब्याज आम्दानी भने घटेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी घटेपनि बैंकको इपेरिमेन्ट चार्ज रिभर्स हुँदा बैंकको सञ्चालन नाफा बढेको हो ।

जसले गर्दा खुद नाफा बढ्न सहयोग पुगेको छ । बैंकको सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेको छ भने फि तथा कमिसन मार्फत हुने आम्दानी पनि ३४.५२ प्रतिशतले बढेको छ । यी सबै कारणले गर्दा बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलन ३२.६१ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२.४६ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि ३.९२ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ ।
८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिटेर्न अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट बढेर बढेर ७ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि १२० रुपैयाँ ६७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ४९.१७ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स