मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुँञ्जेलीको तलव १ करोड १० लाखभन्दा बढी

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीले गत आर्थिक वर्ष एक करोड १० लाख ५० हजार रुपैयाँ तलब भत्ता बुझेकी छिन् ।

उनले पाएको तलवमध्ये ८ लाख ५० हजार रुपैयाँ दसैं भत्ता हो । खुँञ्जेलीले अघिल्लो आर्थिक वर्षमा पनि त्यति नै तलव बुझेकी थिइन् । यसका साथै खुँञ्जेलीले ३ लाख ७७ हजार रुपैयाँ इन्धन सुविधा लिएकी छिन् ।

बैंकका प्रबन्धक तथा महाप्रबन्धकहरूले भने गत आवमा ६ करोड ५७ लाख रुपैयाँ बुझेका छन भने भत्ता ३ करोड ६६ लाख रुपैयाँ बुझेका छन् । उनीहरुले दसैं भत्ता ६२ लाख ८६ हजार, इन्धन सुविधा ५४ लाख २६ हजार रुपैयाँ बुझेका हुन् । उनीहरुले नाफाबाट पाउने बोनस यहाँ जोडिएको छैन ।

बैंकले गत आर्थिक वर्ष कर्मचारीहरूको लागि एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । कार्यालय सञ्चालन खर्च एक अर्ब ११ करोड रुपैयाँ भएको छ ।

१४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २.०७ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । यो लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । बैंकले आगामी २८ गते वार्षिक साधारणसभा गर्दैछ । सो सभाले उक्त लाभांश पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स