शपथग्रहणमा अध्यक्ष पाण्डेले भने मर्जरको लागि बैंक सदैव तयार छ

काठमाडौं । सिभिल बैंकको नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजंग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । संचालक समितिको ३६२ औं बैठकबाट अध्यक्ष बनेका पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ लिएका हुन् ।

उक्त अवसरमा अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको बताए । ‘कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नेछु,’ उनले भने ।

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढ्ने प्रतिवद्धता पनि उनले गरे । सो अवसरमा अध्यक्ष पाण्डेले बैंकसँग गाँसिएका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स