मेगा बैंकको नयाँ शाखा परासीमा

काठमाडौं । मेगा बैंक नेपालले परासीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स