एक सातामै बैंकहरुबाट १४ अर्ब बाहिरियो

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्दै गएको देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरणअनुसार मंसिर १७ गतेसम्म बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गर्दा ४० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

मंसिर ८ गतेसम्म बैंकहरुले ४२ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा ४० खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका थिए । एक सातामा बैंकहरुको कर्जा १४ अर्ब रुपैयाँले बढ्दा निक्षेप संकलन भने ७ अर्ब रुपैयाँले मात्र बढेको छ ।

वाणिज्य बैंकहरुसँग हाल ४१ खर्ब ९ अर्ब स्वदेशी रकम र १ खर्ब १७ अर्ब विदेशी रकम निक्षेपको रुपमा रहेको छ । ३९ खर्ब १३ अर्ब स्वदेशी रकम र १ खर्ब ५६ अर्ब विदेशी रकम कर्जाको रुपमा बैंकहरुले प्रवाह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स