काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४४ माइक्रोफाइनान्समध्ये ३६ वटाले लाभांश घोषणा गरिसकेका छन् ।
जसमध्ये १४ वटा माइक्रोफाइनान्सले बुक क्लोज गरिसका छन् भने ४ वटाको बुक क्लोज मिती घोषणा भइसकेको छ । बाँकी १८ वटाको भने बुक क्लोज मिती घोषणा हुनु बाँकी छ ।
हालसम्म लाभांश घोषणा गरेका फाइक्रोफाइनान्समध्ये महिला लघुवित्तको लाभांश उच्च देखिएको छ । महिला लघुवित्तले आफ्नो सेयरधनीहरुलाई ५० प्रतिशत लाभांश दिएको छ । जसमा ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश रहेको छ ।
हालसम्म सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्तको रहेको छ । एनआइसी एशिया लघुवित्तले सेयरधनीहरुलाई जम्मा ५.४१ प्रतिशत लाभांश मात्र दिएको छ ।
माइक्रोफाइनान्सहरुको लाभांश यस्तो छ
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/d0-converted.pdf” cache=”off”]