यस्तो छ आज अमेरिकी डलरसहित विदेश मुद्राको भाउ

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलरसहित, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको थियो। केही दिनदेखि घट्दै आएका अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्य आज केही बढेको हो।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा छ। हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा थियो।

पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४६ र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५६ र बिक्रीदर ८६ रुपैयाँ ९४ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ छ। हिजो कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ६८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

हेडलाइन्स