काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन्। ढुंगानाले चैत १० गते नै सीईओ पदबाट राजीनामा दिएको बताएका छन् ।
गभर्नरमा सिफारिस हुनका लागि पदबाट राजनीमा दिनुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा रहेकाले राजनीमा दिएको ढुंगानाको भनाइ छ ।
नेपाल बंगालदेश बैंकलाई नबिल बैंकमा मर्जर गराएयता ढुंगाना बैंकको सीईओ रहँदै आएका थिए। दुई वर्षका लागि पहिलो कार्यकालमा नियुक्त भएका ढुंगाना दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति पाएका थिए।