अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ ।
आज अमेरिकी डलरसहित युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको हो ।
नेपाल राष्ट्र बैंकले अस्ट्रेलियन डलरको भाउ भने बढेको जनाएको छ ।

विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइनसहितका मुद्राको मूल्य हिजो पनि घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा छ । हिजो युरो १ को खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा थियो।

पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ११ र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५० पैसा छ। कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स