एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

काठमाडों । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण गरेको छ ।

उक्त शाखा चैत १० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने व्यहोरा समस्त ग्राहक महानुभावहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुमा बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया

हेडलाइन्स