अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरसहित अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। यी मुद्राको विनियमदर विगत तीनदेखि लगातार घट्दै आएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६२ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरोपियन युरो १ को खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा छ। हिजो युरो १ को खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा थियो।

पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६९ र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४०पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

हेडलाइन्स