मर्जरमा गएका बैंकका सीईओ तनावमा, देखाउन गाह्रो भयो बैंकको प्रफरमेन्स

काठमाडौं । पछिल्लो वर्ष मर्जरमा गएका बैंकहरूका प्रमुख कार्यकारी अधिकृत(सीईओ) तनावमा देखिएका छन् । आफूभन्दा कमजोर बैंकसँग मर्जरमा जाँदा बैंकको प्रफरमेन्स राम्रो हुन नसकेपछि सीईओहरू तनावमा देखिएका हुन् ।

मर्जरपछि बैंकले गर्नुपर्ने जति प्रगति गर्न सकेनन्, मर्जरमा आएको बैंक खाल्डोमा भूस हाल्दा हाल्दै समय गुज्रिरहेको छ, एक बैंकका सीईओले भने ‘बैंकको सिष्टम नै ४÷५ कर्मचारीको मुठ्ठी रहेको रहेछ । ब्रान्च म्यानेजरलाई समेत बैंकको सिष्टम थाहा छैन । बैंकिङ अभ्यास देख्दा गज्जब लाग्यो ।’

सहकारी चलाएको भन्दा पनि कमजोर सिष्टमबाट बैंक चलाएका रहेछन् । ऋणी र ऋणको कुरै छाड्दिनुस्,’ उनले थपे ‘मर्जरले साह्रै टाउको दुखायो । कहिले सुध्रने हो बैंकको वित्तीय विवरण थाहा छैन । कमाएको पैसा जति सबै प्रोभिजिङमा छुट्याउनु परेको छ ।

‘कोभिड पछि त्यसै सुस्ताएको बैकिङ क्षेत्र मर्जर कारण अर्को बैंकको समेत भारी बोक्नु पर्दा गाह्रो भएको छ,’ अर्काे मर्जरमा गएका बैंकका सीईओले भने ‘आन्तरिक सिष्टममा समायोजन गर्नै गाह्रो, त्यसपछि बैंकले गरेको व्यवसायको अवस्था त अझ थामी नसक्नु छ ।’ लोनलश प्रोभिजनमा नाफाको ठूलो रकम छुट्याउनु पर्दा नाफामा असर परेको छ । वितरणयोग्य नाफा कम हुँदा सेयरधनीको चित्त बुझाउन मुस्किल परेको छ ।’

‘अहिले कर्जाको डिमाण्ड नहुनु र गएको ऋण समेत रिकभरी नहुँदा कर्जाको साँवा ब्याज उठाउन ऋणीको दैलो चाहदै ठिक भएको छ,’ अझ अर्को बैंकको सीईओले भने ‘दैलो मै पुग्दा पनि उपलब्धी भए राम्रो हुन्थ्यो । शून्य अवस्थामा फर्कनु पर्दा नराम्रो लाग्छ । समय यसरी ने बितिरहेको छ । बैंकले लिएको योजना र लक्ष्य अुनसार काम गर्न अवसर जुटेको छैन ।’

बैंकका उच्च व्यवस्थापनमात्रै होइन पुरै बैंकनै रिकभरीमा जुटेको अवस्था छ । यसरी जुट्दा पनि भनेको जस्तो सन्तोष मिल्न सकेको छैन । यो तनाव कहिलेसम्म लिने हो भनेर बैंकरहरू गम्भिर बन्न थालिसके ।

उनीहरू भन्छन् ‘अप्ठ्यारो परिस्थिति छ,’ कतिले भएर पनि बजारिया हल्लाका कारण तिर्दैनन् भने कतिले नभएर । हु्न पनि आयस्रोत घटेको छ । उद्योगधन्दा पूर्ण क्षमतामा चल्न पाएको छैन । अर्थतन्त्र सुस्ताएको अवस्था छ ।

मर्जरपछि नयाँ सिनर्जीका साथ काम गर्न दुई वा दुईभन्दा बढी संगठित संस्थाहरुको दुरदृष्टि, उदेश्य र लक्ष्यलाई मनन् गरी एकै किसिमले एकीकृत रुपमा अगाडि बढ्न उपलब्ध जनशक्ति, कार्यप्रणाली अनि नवीनतम प्रविधिको ठूलो भूमिका रहेको हुन्छ।

जब कार्यसम्पादन अनि उत्पादकत्व एक आपसमा अन्तरनिहीत छन् । मानव संसाधन पुँजी तब सृजना हुन्छ, जब त्यहाँ व्याक्तिगत एवम् संस्थागत लक्ष्य, उद्देश्य, अनुसासन, प्रोत्साहन, वृत्तिविकास, अनुगमन तथा नियन्त्रणमा पारस्परिक सम्बन्धले बैंकको विकास गर्छ ।

पछिल्लो नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई मर्जर गर्यो, प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई आफूमा समाहित गरेको हो । नबिल बैंकले एनबी बैंक मर्जर गर्यो  ।  अफ काठमाण्डूलाई  ग्लोबल आईएमईले  मर्जर जोड्योे । त्यस्तै हिमालयन बैंकले सिभिल बैंकसँगलाई प्राप्ति गर्याे ।’ कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) मर्जरमा गए ।

हुन त अहिलेको परिस्थितिमा मर्जर तथा प्राप्तिमा गएका बैंकमा पनि सहज अवस्था छैन । मर्जर मै नगएका बैंकहरूको अवस्था पनि राम्रो छैन ।

अर्थतन्त्र कहिले चलायमान हुन्छ, लगानी कहिले बढ्छ । उत्पादनमूलक क्षेत्र जसले देशको अर्थतन्त्र सुदुढ बनाउन, रोजगारी सिर्जना गर्न सक्छ ६त्यस्तो क्षेत्रमा कहिले लागनीको डिमाण्ड आउँछ भनेर हामी कुरी बसेको बैंकरहरूले बताएका छन् ।

लगानी सम्बन्धमा पनि बैंकरहरूको मत बाझिएको छ । कसैले अहिले नै केहि गति लिएको बताउँछन् भने कुनै बैकर यो वर्षभन्दा अझ अर्को वर्ष गाह्रो हुने बताइरहेका छन् । तर, पनि कतिपय बैंकरको भने आम्दानी बढाउने क्षेत्र खोजेर लगानी गर्नुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया

हेडलाइन्स