काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको
संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १० रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज चैत ५ गतेबाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।