काठमाडौं । फागुनसम्ममा वाणिज्य बैंकहरुको ऋण लगानी अर्थात् कर्जा प्रवाह साढे ४८ खर्ब भएको देखिएको छ ।
नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले ४८ खर्ब ५० अर्ब कर्जा प्रावह गरेका हुन् ।
कृषि विकास बैंकले २ खर्ब ८ अर्ब कर्जा प्रवाह गर्दा सिटिजन्स बैंकले १ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको तंथ्याकले देखाएको छ ।
त्यस्तै एभरेष्ट्र बैंकले २ खर्ब २४ अर्ब कर्जा प्रवाह गर्दा ग्लोबल आईएमई बैंकले ४ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ ।
त्यस्तैगरी, हिमालयन बैंकले २ खर्ब ५१ अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, लक्ष्मी सनराइज बैंकले २ खर्ब ८४ अर्ब, माच्छ«ापुच्छ्रे १ खर्ब ४५ अर्ब, नबिल बैंकले ४ खर्ब १४ अर्ब, नेपाल बैंक लिमिटेडले २ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ५१ अर्ब निक्षेप कर्जा प्रवाह गर्दा नेपाल एसबीआई बैंकले १ खर्ब ३९ अर्ब कर्जा प्रवाह गर्न सफल भएका छन् ।
एनआइसी एशिया बैंकले २ खर्ब ४९ अर्ब, एनएमबी बैंक २ खर्ब ३३ अर्ब, प्रभु बैंक २ खर्ब ३४ अर्ब, प्रइम बैंक २ खर्ब १५ अर्ब, राष्ट्रिय वाणिज्य बैंक २ खर्ब ८९ अर्ब, सानिमा बैंक १ खर्ब ७९ अर्ब, सिद्धार्थ बैंक २ खर्ब १५ अर्ब, स्ट्याण्डर्ड चाटर्डर्ड बैंकले ८५ अर्ब निक्षेप कर्जा प्रवाह गरेका संघले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।