यस्तो छ आज अमेरिकी डलरको भाउ

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरसहित अस्ट्रेलियन डलर, पाउन्ड, दिनार धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरोसहित केही मुद्रा भने महँगिएका छन्।

राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ०४ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ३७ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ९६ पैसा थियो।

पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ९९ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा थियो।

कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ६० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ४६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

हेडलाइन्स