बैंक तथा वित्त संस्थालाई लगानी गर्न राष्ट्र बैंकले १ अर्ब उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थालाई लगानी गर्न १ अर्ब १० करोड ७८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषहरुमा रहेको रकम लगानी गर्न खोजिएको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुले आफूले दिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर सहित आवेदन दिनु पर्छ । बैंक तथा वित्त संस्थाले उक्त रकम २०७८ मंसिर २९ गतेदेखि २०७९ मंसिर २९ गतेसम्म् २६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन सक्छन् । यसका लागि बैंक तथा वित्त संस्थाले मंसिर १७ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुलाई ८८ करोड ६४ लाख रुपैयाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुलाई १६ करोड ६१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीलाई ५ करोड ५३ लाख रुपैयाँ उपलब्ध गराउन गराउने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/Lagani-Notice-2078.08.14.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स