७ महिनामा वाणिज्य बैंकको नाफा ३६ अर्ब ६ करोड, कुन बैंकको नाफा कति ?

काठमाडौं । चालू आर्थिक ७ महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको मसान्तसम्मको तुलनामा यो वर्ष १ दशमलव ६२ प्रतिशतले वृद्धि समेत देखिएको छ ।

राष्ट्र बैंककले सार्वजनिक गरेको तथ्याङ अनुसार ७ महिना अवधीमा सबै भन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेो देखिएको छ ।

बैंकले यस अवधिमा ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा भने बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड, नेपाल बैंकले २ अर्ब ४५ करोड र एनएमबि बैंकले २ अर्ब ३४ प्राइम बैंकको २ अर्ब १८ करोड, स्टान्र्डड चार्टडको १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्रभु बैंकको १ अर्ब ८३ करोड, लक्ष्मी सनराइजको १ अर्ब ५८ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब रुपैयाँ नाफा देखिएको छ ।

एनआइसी एशिया बैंकले ६४ करोड४७ लाख , कुमारी बैंकको ७३ करोड ८६ लाख , सिद्धार्थ बैंकको ८५ करोड ५१ लाख, सिटिजन्स बैंकको ९० करोड २६ लाख कृषि विकास बैंकको ७९ करोड ९९ लाख, माछापुच्छ्रे बैंकको ९६ करोड ८१ लाख, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २३ करोड, सानिमा बैंकको १ अर्ब ३७ करोड र हिमालन बैंकको १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

 

 

 

 

प्रतिक्रिया

हेडलाइन्स