बैंकहरूको निक्षेप संकलन गर्ने नयाँ तरिकाः रेमिट्यान्स भन्दै स्वदेश कै रकम जम्मा गर्न थालेपछि संघले बैंकहरूलाई काट्यो पत्र

काठमाडौं । वित्तीय बजारमा तरलता संकट बढ्दै गएपछि बैंकहरूले स्वदेश कै रकमलाई रेमिट्यान्स भन्दै निक्षेप संकलन गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले पासपोर्ट र भिसा देखाएको आधारमा नेपालीसँगै रहेको रकमबाट रेमिट्यान्स खाता खोल्न थालेका एक बैकरले बताए ।

‘बजारमा तरलता अभाव हुन थालेपछि निक्षेप संकलन गर्ने नयाँ विकल्पको रुपमा बैंकहरूले यस्तो खाता खोलेर रकम जम्मा गर्न थालेका हुन् । उक्त खातामा चलचल्तीको भन्दा १ प्रतिशत बढी ब्याज दिन पाउने व्यवसथा छ,’ ती बैकरले भने ‘बढी ब्याज दिएर नयाँ तरिकाबाट आफ्नो बैंकमा निक्षेप तान्नको लागि बैंकहरूले यो नयाँ बाटो अपनाएका हुन् ।’

उनका अनुसार अधिकांश बैंकले तिहारपपछि यस्तो खाता खोल्दै रकम जम्मा गर्न थालेका हुन् । रेमिट्यान्सको रकम नै आइन भिसा र पासपोर्टको आधारमा बैंकहरूले मुद्दति निक्षेप स्वीकार गरेको पाइएको छ ।

बैंकहरूले रेमिट्यान्स खाता खोलेर यसरी रकम जम्मा गर्न थालेको जानकारी नेपाल बैकर्स संघले पाएपछि संघले बैंकहरूलाई पत्र लेखेर त्यस्तो नगर्न निर्देश पनि दिइसकेको छ । यो विषयलाई लिएर बैकर्स संघले गत बिहीबार परिपत्र जारी गरेको हो ।

त्यसैगरी संघले पुरानो कर्जाको नवीकरण गर्दा ०.१ प्रतिशतमात्र नवीकरण दर तोक्न पनि निर्देश गरेको छ भने कर्जा थप गरिएको अवस्थामा पुरानो कर्जाको मात्रै नवीकरण शुल्क लिन पनि निर्देश गरेको छ । बैंकहरूले कर्जा थप गर्ने ऋणीसँग थप गरिएको कर्जाको समेत नवीकरण शुल्क लिएको गुनासो आएपछि संघले बिहीबार ३ बुँदे परिपत्र जारी गर्दै यस्तो गर्न भनेको हो ।

चालु आर्थिक वर्ष शुरु भएपछि वाणिज्य बैंकहरुले ३ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा विस्तार गरिसकेका छन् । २०७८ असार मसान्तसम्म बैंकहरुको कर्जा विस्तार ३७ खर्ब २१ अर्ब रुपैयाा थियो । कार्तिक ८ गतेसम्म कर्जा रकम बढेर ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स