काठमाडौं । अब विदेशमै बसेर नेपाली बैंकमा बचत खाता खोल्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले विद्यमान तरलता संकटको समस्या सामाधान गर्न विदेशी मुद्राको निक्षेप भित्र्याउने विदेशमा बस्ने नेपाली मूलका नागरिकले विदेशी मुद्रा मै खाता खोल्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले हिजो एक परिपत्र जारी गर्दै विभिन्न सर्तहरु तोकेर गैरआवासिय नेपालीहरुले समेत निक्षेप खाता खोल्न पाउने व्यवस्था गरेको हो ।
परिवत्य विदेशी मुद्रामा मुद्दति निक्षेप संकलनको लागि राखेका सर्तमा समेत केहि संशोधन गरेको छ । यस्तो निक्षेप कम्तिमा १ वर्षको लागि हुनुपर्ने, अमेरिकि डलर, युरो पाउन्ड स्टर्लिड., अस्ट्रेलियन डलर, जापानिज येन चिनिया युआनमा यस्तो खाता खोल्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
नीतिमा समेत सहजीकरण गरेको छ । केन्द्रीय बैंकले यस अघिसम्म गैर आवासीय नेपालीले न्यूनतम १० हजार अमेरिकी डलरमा न्यूनतम २ वर्षको लागिमात्र मुद्दती खाता खोल्न पाउने सीमालाई संशोधन गरेको हो । जसअनुसार अब नेपालका बैंकमा गैर आवसिय नेपालीले कम्तीमा १ वर्षको लागि ५ हजार अमेरिकी डलरमै खाता खोल्न पाउँछन् । यस्तै उनीहरुले साधारण बचत खाता पनि खोल्न पाउनेछन् ।
यसरी खोल्न सकिन्छ खाता
चाँदी आयातमा कडाइ
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयनको लागि जारी गरेको निर्देशिकामा चाँदी आयातलाई थप कडाइ गरेको हो ।
बैंकले चाँदी आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको अन्य परिवत्य मुद्रासम्मको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । चाँदी व्यवसायीले आफ्नै लागि गरगहना बनाइ बिक्री गर्न, हस्तकलालागयतका सामान बनाइ बिक्री गर्न वा त्यस्तो बनाउने व्यवसायीलाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिन्छ ।
वाणिज्य बैंकहरूले साना सुनचाँदी व्यवसायीलाई मात्र बिक्री गर्ने प्रयोजनाका लागि खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थाअनुरुप बैंक ग्यारेन्टी। प्रतीतपत्र र स्टयाण्ड वाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्थाबमोजिम चाँदी आयात गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी आयात गरिएको चाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय मूल्य र आयात गर्दा लाग्ने लागत समेतलाई दृष्टिगत गरी प्रतिस्पर्धी मूल्य कायम गर्नुपर्ने छ ।
नेपाल राष्ट्र बैंकले आयात नियमन गर्दै नयाँ सकुर्लर जारी गरेको छ । राष्ट्र बैंक मौद्रिक नीति समीक्षामा उल्लेखित व्यवस्थालाई कार्यान्वयनका लागि आयातलाई नियन्त्रण गर्ने सकुर्लर जारी गरेको हो ।
त्यसैगरी राष्ट्र बैंकले डकुमेन् एगेन्स पेमेन्टको माध्यमबाट गरिने आयातलाइ समेत घटाएको छ । राष्ट्र बैंकले बैंक ग्यारेन्टिमार्फत् गरिने अन्य वस्तुको आयातलाई समेत ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म डकुमेन्ट एगेन्स्ट पेमेन्टमा १ लाख अमेरिकी डलरसम्म आयात गर्न पाइन्थ्यो । त्यसलाई घटाएर राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरमा सीमित गरेको छ ।