काठमाडौ. । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवम् आईएसओबाट मान्यता प्राप्त आईएसओ २७००१ः २०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।
आईएसओ २७००१ः २०१३ मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवम् अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटि अष्ट्रियासँग आबद्ध सर्टिफिकेटिक इन्फरमेशन शेक्युरिटि सर्भिसेज जीएमबीएच यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।
यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवम् व्यक्तिगत जानकारी भण्डारण एवम् प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।
बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिंङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।