कार्ड र वालेटबाट हुने भुक्तानी सीमा बढ्यो

काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको प्रबद्र्धनका लागि कार्ड र वालेटका माध्यमहरुबाट हुने भुक्तानी कारोबारको अधिकतम सीमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को पहिलो मौद्रिक नीति समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।

यस्तै भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायर बढाई विद्युतीय भुक्तानी सेवा लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाका सेवाग्राहीलाइै समेत उपलब्ध गराउन सक्ने व्यवस्थाको लागि निर्देशन जारी गरिएको छ ।

यसअघि वालेटमार्फत दैनिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्थ्यो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स