काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने आवधिक प्रकृतिका कर्जाको परिवर्तनीय ब्याजदरको साथै स्थिर ब्याजदर प्रकासन गर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को पहिलो मौद्रिक नीति समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जा स्थिर ब्याजदरमा समेत प्रदान गर्नुपर्ने व्यवस्था थियो ।