अब स्वरोजगार कर्जा बैंकबाट पनि प्रवाह हुने

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच स्वरोजगारकर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।

बेरोजगार युवालाई बैंक, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैंकमार्फत पनि लगानी परिचालन गर्न बैंकसँग साझेदारी गरेको हो ।

२०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी संस्थामार्फत लगानी गर्दैआएको भएपनि कोषमा नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारी आएपछि बैंकमार्फत पनि लगानी गर्न लागेको हो । कोषले हालसम्म बैंक, वित्तीय तथा सहकारीसंस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ । जसबाट हालसम्म करिब ८१ हजारभन्दा बढी युवाहरूलाई स्वरोजगार बनेका छन् ।

त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नको लागि पछिल्लोपटक गरिमा विकास बैंकसँग ५ करोड रुपैयाँको थोक कर्जा लगानीको लागि मंसिर ८ गते सम्झौता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

1 COMMENT

  1. लु हजुर हामीलाई स्वदेशमै बसेर केही गर्ने मन छ । मुरी मुरी धन्यवाद हजुरलाई कर्जा पो कति प्रतिशतले हो ? कति वर्षमा बुझाउनु पर्ने हो ? कैले सम्म हामीले पाउँछौं होला ? कृपया पीडित युवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स