माछापुच्छ्रे बैंकद्वारा नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

काठमाडौं । माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था गरेको छ । बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई उक्त मोबाइल लकर हस्तान्तरण गरेको हो ।

नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको मंसिर ९ गते भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोईराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले उक्त मोबाईल लकरको उद्घाटन गरेका हुन् ।

बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुको लागि मध्यनजर गर्दै उक्त व्यवस्था गरेको हो । यससँगै अब दरबार संग्रहालय घुम्न जाने आगन्तुकहरुले आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्ने छन् ।

बैंकले कूल १६२ बटा शाखाहरु र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानबाट १० लाखभन्दा बढि ग्राहकमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ बटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स